दर्शकसँग खुशी बाँढ्न चितवन पुगे पुजा र आकाश !

दर्शकसँग खुशी बाँढ्न चितवन पुगे पुजा र आकाश !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आएको सिनेमा ‘रामकहानी’ले आक्रमक व्यापार गरिरहेको छ । ‘रामकहानी’ले यसकोे निरन्तरता आज छैँटौ दिनमा पनि पाएको छ । आज परेको हरितालिका तिजको अवसरमा यो सिनेमाले देशैभर आक्रमक व्यापार गरिरहेको वितरक सुनित मानन्धरले बताए । ‘रामकहानी’ले तिजको दिनमा पनि देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा शतप्रतिसत अकुपेन्सी कायम गरेको उनको भनाई छ ।

आज राजधानीमा मात्रै नभएर काठमाण्डौ बाहिर पनि सिनेमाले निकै राम्रो व्यापार गरिरहेको छ । यस्तै मोफसल अन्तर्गतका पोखरा, चितवन, विर्तामोड, वुटवल, धरान, इटहरी, दमक लगायतका शहरमा सिनेमाको व्यापार शतप्रतिसत रहेको वितरक सुनिल मानन्धरले जानकारी दिए ।तीजको अवसर पारेर दर्शकसँग बसेर सिनेमा हेर्न अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठ आज चितवन पुगेका छन् । यसका साथै उनीहरु चितवनमा आयोजना गरिएका विभिन्न तिज कार्यक्रममा पुगेर प्रदर्शनरत सिनेमा ‘रामकहानी’को बारेमा दर्शकसँग साक्षात्कार गर्ने अभिनेत्री पुजा शर्माले बताइन । निर्माण टिम बिहानै देखि नारायणघाटका विभिन्न सिनेमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । भने कलाकारसँगै बसेर सिनेमा हेर्न पाउँदा दर्शक पनि निकै उत्साहित छन् ।

सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमाको कथावस्तु, कमेडी संवाद र क्लाइमेक्सलाई दर्शकले रुचाएका छन् ।