‘स्पेशल शो’मा ‘रामकहानी’लाई उत्कृष्ट प्रतिक्रिया !

‘स्पेशल शो’मा ‘रामकहानी’लाई उत्कृष्ट प्रतिक्रिया !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘रामकहानी’को आइतबार काठमाडौंमा आयोजीत ‘स्पेशल शो’मा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थीतीमा सम्पन्न ‘स्पेशल शो’मा सिनेमा हेरेका प्रायजसो सिनेमाकर्मी र पत्रकारले ‘रामकहानी’को तारिफ गरेका थिए । ‘रामकहानी’ले दर्शकको समय र पैसाको भरपुर सदुपयोग गर्ने बताए ।‘स्पेशल शो’ हेरेका सदाबहार नायक भुवन केसी, सुपरस्टार नायिका रेखा थापा, कलाकार दीपकराज गिरी, निर्देशक हेमराज बिसी, रामबाबु गुरुङ, निर्माता रोहित अधिकारीले सिनेमा राम्रो बनेको भन्दै पुजा शर्माको अभिनयलाई सवैले रुचाएको बताए । यस्तै निर्देशक सुदर्शन थापाले कमेडी लभस्टोरी सिनेमाबाट आफुलाई अब्बल निर्देशक साबित गरेको प्रतिक्रिया दिए ।शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको सिनेमाले राम्रो व्यापार गरिरहेको छ । माउथ पब्लिसिटी राम्रो भएकाले आउँदै गरेको हरितालिका तीजमा सिनेमाले दर्शक चापलाई यथावत राख्ने आशा निर्माण टिमलाई छ । सुदर्शन थापा निर्देशित कमेडी लभस्टोरीमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झालगायतका कलाकारको मुख्य भूमिका छ ।