भिडियो कथा: रमेश उप्रेतीका १० उत्कृष्ट हिट गीत !

भिडियो कथा: रमेश उप्रेतीका १० उत्कृष्ट हिट गीत !

द सिनेमा टाइम्स
0
Shares

आशिष ओली, काठमाडौँ | अभिनेता रमेश उप्रेती अभिनित ‘ऐश्वर्य’ कार्तिक २ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । रमेश उप्रेती आफै पनि निर्माता रहेको यो सिनेमा पछिल्ला दिनहरुमा चर्चामा छ । कारण हो, सिनेमामा समावेश ‘तिमि रोएको पल…’ गीत हिट हुनु ।

युट्युबमा सार्वजनिक भएको दुई साता नपुग्दै गीतलाई १२ लाख भन्दा बढी पटक हेरिएको छ । सबैको मन बस्न अनि मुखमा झुन्डिन सफल गीत चाटबस्टरमा अग्रस्थानमा छ । अर्जुन पोखरेलको शब्द/संगीतमा तयार भएको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर समावेश छ ।

२०५४ सालमा सिनेमा ‘पराईघर’बाट नेपाली सिनेक्षेत्रमा हिरोको रुपमा इन्ट्री गरेका रमेशका अधिकाँस सिनेमाका गीत हिट छन् । ‘पराईघर’ भन्दा पहिले रमेशले ३ वटा सिनेमामा खलनायकको भूमिका निर्वाह गरेका थिए । ‘पराईघर’मा अभिनय गरे पश्चात रमेशले आफुलाई नायककै रुपमा स्थापित बनाए ।

६० बढी नेपाली सिनेमामा अभिनय गरिसकेका रमेशका भाग जहिले पनि राम्रा गीत हात पर्थ्ये । चकलेटी अनुहार र फुर्तिलो नाँचले सिनेमाका गीतमा उनले न्याय गर्न सक्थ्ये । त्यसैले पनि मल्टीस्टारर सिनेमामा पनि रमेशकै भागमा धेरै र राम्रा गीत छुट्टयाइएको हुन्थ्यो ।

रमेश भन्छन ‘मेरा थोरै सिनेमाबाट पनि धेरै गीत हिट छन् । म भाग्यमानी भएरै पो हो की मेरा भागमा जहिले राम्रा गित पर्थ्ये । अनि हिट पनि हुन्थ्ये । यसो हुँदा म दर्शक माँझ नृत्य र अभिनयका माध्यमबाट नोटिस हुन्थ्ये ।’ आफ्ना हिट गीतको लिस्ट सम्झन लगाउँदा रमेशले बारम्बार नछुटाउने गीत ‘कोइली करायो’ हो ।

‘कोइली करायो’ जस्तै रमेशमा थुप्रै हिट गीत छन् । जस मध्ये हामिले उत्कृष्ट १० हिट गीतको लिस्ट तयार गरेका छौ ।

कोइली करायो: सिनेमा ‘१६ वर्षे जोवन’मा समावेश यो डान्सिङ नम्बर नेपाली सिने संगीतको हिट हो । गीतमा रमेश उप्रेतीले ईश्वरी प्रधानसँग कम्मर मर्काएका छन् । गीतमा ईश्वरीले समेत स्वर दिएकी छन् । यो सिनेमामा रमेश र ईश्वरीका अलावा शिव श्रेष्ठ, निरुता सिंह, जल शाह, दीलिप राईमाझी, अर्जुन श्रेष्ठ, सारंगा श्रेष्ठ लगायतका कलाकारको अभिनय थियो ।

यो मायाको सागर (शिर्ष गीत): लभ प्याटर्न बनेको यो गीतलाई कालजयी नै मानिन्छ । उदितनारायण झा र दीपा झाको स्वर रहेको गीतमा रमेश र जल शाह फिचरिङ छन् । यो म्युजिकल लभस्टोरी सिनेमामा राजेश हमाल, करिश्मा मानन्धर, निर शाह, सारंगा श्रेष्ठ जस्ता कलाकारको पनि अभिनय थियो ।

बिहानीको पहिलो किरण सरि: सिनेमा ‘पराईघर’मा समावेश यो गीत अझै पनि दर्शकको मन मस्तिस्कमा छ । ‘पराईघर’लाई नै रमेशको डेब्यु सिनेमा मानिन्छ । यो सिनेमामा रमेशले जल शाहसँग स्क्रिन शेयर गरेका छन् ।

https://youtu.be/h17xuzqPZhE

लजालु ति नजर: सिनेमा ‘एक नम्बरको पाखे’मा समावेश यो गीत रमेशको करियरको सर्वाधिक रोमान्टिक गीतको सुचिमा पर्छ । यो गीतमा रमेश र जल शाहले रोमान्स गरेका छन् ।

https://youtu.be/F5MOJ5yrdvk

लौ लौ आए लिलीलाई देखेर लै लै: ‘यो मायाको सागर’मा समावेश यो गीतमा रमेशले सारंगा श्रेष्ठसँग नृत्य गरेका छन् । यो गीतमा शम्भुजित बाँस्कोटाको संगीत र स्वर समावेश छ । ‘यो मायाको सागर’ त्यति बेलाको हिट सिने एल्बम थियो । यो सिनेमाका अन्य गीतले पनि सफलता चुमेका थिए ।

मायाको जालमा: यो गीतमा रमेश उप्रेती र सज्जा मैनाली फिचरिङ छन् । यो लभस्टोरी सिनेमामा रमेश र सज्जाका अलावा निखिल उप्रेती र मेलिना मानन्धरको पनि मुख्य भूमिका थियो ।

https://youtu.be/LR7-U9PWlJM

पुर्णिमाले चन्द्र रोज्यो: ‘तिम्रो माया ९९ मेरो माया १००’मा समावेश यो गीतमा रमेश र विपना थापा फिचरिङ छन् । यो गीतले युवापुस्ता माँझ सफलता कमाएको थियो ।

नारायण घाटैमा: सिनेमा ‘देवदुत’मा समावेश गीत एक समय राम्रै बजार पिटेको थियो । यो गीतमा पनि रमेश र विपना थापा फिचरिङ छन् ।

https://youtu.be/npaikTjsLjk

जोडी मिल्ने भो, पन्चे बाजा ठोक्ने भो: सिनेमा ‘घर संसार’मा समावेश यो गीतमा रमेशसँगै करिश्मा मानन्धर र गोपाल मैनाली फिचरिङ छन् ।

हेर बतासले सुसेल्दै: ‘यो मायाको सागर’मा समावेश यो गीतमा पनि रमेश र जल शाह नै फिचरिङ छन् । गीतमा उदितनारायण झा र दीपा झाको स्वर समावेश छ ।

यहाँ हामीले प्रस्तुत नगरेका रमेशका थुप्रै हिट गीतहरु छन् । ‘कालो चोली मखमली झलल’, ‘के गर्छौ मंगले आफ्नै ढंगले’, ‘धरानकी लड्की ले’, ‘लेकै र बेसी पाखामा’, ‘मुसु मुसु’, ‘न्यु रोडमा एउटी’, ‘गाउँ की परी’, ‘अलि अलि पिउने बानी’ पनि रमेशका हिट गीतहरु हुन् ।