कतारको गर्मिमा पूजा र सुदर्शनको ‘रामकहानी’

कतारको गर्मिमा पूजा र सुदर्शनको ‘रामकहानी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘रामकहानी’ छायाँकनको अन्तिम चरणमा छ । नेपाल छायाँकनको एक गीत बाँकी राखेको ‘रामकहानी’ टिम अहिले कतारको मरुभूमिमा छायाँकन गरिरहेको छ । जहाँ अहिले ३६ डिग्री भन्दा बढी तापक्रम छ ।

सुदर्शन थापाको निर्देशन बनिरहेको सिनेमाको केहि दृश्य कतारमा छायाँकन भैरहँदा उनिसँगै अभिनेत्री पूजा शर्मा पनि उतै पुगेकी छन् । नेपालबाट छायाँकार सौरभ लामा पनि कतार पुगेका छन् । पूजा र सुदर्शन कतार पुग्नुको अर्को कारण सिनेमा ‘म यस्तो गीत गाउँछु’को विशेष शो पनि हो ।

निर्देशक थापाका अनुसार यो सिनेमाको सुरुवात नै कतारबाट हुन्छ । सुदर्शनले भने–‘हामीलाई चलचित्रको छायांकनका लागि अनुमती लिन नै ८ लाख खर्च गर्नुप¥यो । अब, नेपालमा एउटा गीतको छायांकन गर्न बाँकी छ ।’ कतारको सम्पूर्ण व्यवस्थापन कलाकार विष्णु कार्कीले मिलाएका हुन् । उनकै, सहयोगमा कतार छायाँकन सम्भव भएको थापाले बताए ।

‘रामकहानी’मा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ । भदौ २२ गते रिलिज हुने सिनेमाको ‘तिम्रो लागि म छु…’ बोलको गीत पनि सार्वजनिक भैसकेको छ । जुन गीतलाई छोटो समयमै २० लाख बढी पटक हेरिसकिएको छ ।