‘रमाइलो छ’को प्रथम बार्षिक उत्सव सम्पन्न

‘रमाइलो छ’को प्रथम बार्षिक उत्सव सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गत विहिबार रमाइलो छ डट कमले प्रथम बार्षिक उत्सव मनाएको छ । रमाइलो छ डटकम तथा रमाइलो युट्युब च्यानलले आफ्नो पहिलो वार्षिक उत्सव मनाएको छ । असार २१ गते, विहीबार कार्यक्रम आयोजना गरी मनाइएको वार्षिक उत्सवमा ‘रमाईलो छ’को स्मारिका पनी विमोचन गरियो। त्यस्तै ‘रमाइलो छ’ युट्युब च्यानलमा सर्वाधिक हेरिएका ६ भिडियोको पाहुनालाई ट्रफी प्रदान गरियो ।

‘रमाइलो छ’ युट्युब च्यानलमा ६ महिना अगाडी अपलोड गरिएको दिपकराज गिरीको छोरीको विवाहमा दिपक र दीपाश्री निरौलासँग कुराकानी गरेको भिडियो ६ नम्वरमा पर्यो । पाँचौं नम्वरमा नायिकाद्वया वर्षा राउत र स्वस्तिमा खड्काको झोलामा के छ पर्दा चौथो नम्वरमा कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँग गरिएको रमाईलो कुराकानी पर्यो । यो भिडियो चार महिना अगाडी अपलोड गरिएको थियो ।

तेश्रो नम्वरमा नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाको भिडियो पर्यो । जुन कुराकानी उनकी जेठी दिदीको छोराको विवाहमा गरिएको थियो । दोश्रो नम्वरमा चर्चित डान्स ग्रुप काटुञ्ज क्रुका सबै सदस्यसँग कुरा गरेको भिडियो पर्यो । यो भिडियो ६ महिना अगाडी अपलोड भएको थियो ।

११ लाखभन्दा बढी पटक हेरिएको अभिनेता दीलिप रायमाझी र निरुता सिंहसँग गरिएको रमाईलो कुराकानी ‘रमाइलो छ’ को पहिलो नम्वरमा पर्यो । दुई महिना अगाडी मात्रै अपलोड गरिएको दर्पण छायाँ जोडीको यो भिडियो लामो समयसम्म नेपालको ट्रेन्डिङ नम्वर एकमा पनि बसेको थियो ।
दीलिप र निरुताको अनुपस्थिमा कलाकार किरण केसी र निर्देशक विकासराज आचार्य तथा अनुभव रेग्मीले ट्रफी ग्रहण गरेका थिए । निर्देशक तथा निर्माता आचार्यले बनाएको फिल्म नाईं नभन्नू ल ५ को सुटिंग सेटमा गरिएको थियो ।

यस्तै उत्सब फिल्मसका प्रबन्ध निर्देशक तथा ‘रमाइलो छ डटकम’का प्रधान सम्पादक उत्सब रसाईलीले आफ्नो युट्युव च्यानलमा अपलोड गरिएका भिडियोबाट आउने आम्दानीको पाँच प्रतिशत भिडियोसँग सम्बन्धित व्यक्तिलाई दिने घोषणा गरे । ‘रमाईलो छ’ च्यानलबाट आएको केही प्रतिशत रकम समाजसेवामा पनि लगाउँछु’, उत्सबले भने ।

रमाईलो छ को पहिलो वार्षिक उत्सबमा थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा ‘रमाईलो छ’ युट्युव च्यानला झण्डै साढे दुई लाख सब्सक्राइबर पुगेको खुसीयालीमा केक पनि काटियो ।