कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन !

कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं नेपाल चलचित्र कलाकार संघका बाहालवाला अध्यक्ष राम केशर बोगटीको मंगलबार असामायिक निधन भएको छ । टिकाथली स्थित घर नजिकै रुख काट्ने क्रममा रुखसँगै बिजुलीको पोल ढल्दा घाइते भएका बोगटीको अपचारको लागी बि एण्ड बि अस्पताल लैजाादै गर्दा बाटोमै निधन भएको बि एण्ड बि अस्पतालले जनाएको छ ।उनको ५८ बर्षको उमेरमा निधन भएको हो । बोगटी २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए । रुख काट्दै गर्दा बोगटीसँगै रहेका अर्का एक ब्याक्ति घाइते भएका छन् । डाक्टरका अनुसार घाइत ब्याक्ति अहिले खतरा मुक्त रहेको अस्पताले जनाएको छ । थप विवरण आउन बाँकी छ । चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले बोगटीको निधन भएको बताइन् । अहिले उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिइन् ।