‘रामकहानी’मा पूजाको अपोजिट आकाश फाईनल

‘रामकहानी’मा पूजाको अपोजिट आकाश फाईनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री पूजा शर्माको निर्माण तथा अभिनय रहने नयाँ सिनेमाको नाम ‘रामकहानी’ जुराईएको छ । कमेडी जानरामा निर्माण हुने सिनेमालाई सुदर्शन थापाले निर्देशन गर्नेछन् ।

मुख्य कलाकार स्वरूप पूजासँगै केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सनविक्रम राई (तक्मे बुढा) र रविन्द्र झा यसअघि नै सिनेमामा फाईनल भैसकेका थिए । पूजाको अपोजिट हिरोको खोजि भैरहेको सिनेमाको लागी आकाश श्रेष्ठ फाईनल भएका छन् ।

अब आकाश, पूजाको जोडी भएर ‘रामकहानी’मा अभिनय गर्नेछन् । सुस्मिता केसीको ‘म त तिम्रै हुँ’बाट डेब्यु गरेका आकाशले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग ‘तिमि सँग’मा अभिनय गरिसकेका छन् । जुन सिनेमा प्रदर्शनको क्रममा छ ।

दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्टमा बन्ने ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायाँकन रहनेछ । फागुन १ बाट छायाँकनमा जाने सिनेमालाई आगामी वर्षको हरितालिका तीज आसपास रिलिज गरिने निर्माण टिमको योजना रहेकोछ ।