केकी र नाजीरलाई लिएर ‘राज्जा रानी’ निर्माण घोषणा

केकी र नाजीरलाई लिएर ‘राज्जा रानी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

नायिका केकी अधिकारीसंग  नाजीर हुसेनले  लगानगाँठो कसेका छन् ।तर नाजीर र केकीको बिहे भने रियलमा नभई रिलमा मात्र भएको छ । राजधानीमा आईवार भएको चलचित्र राज्जा रानीको मूर्हत शटका लागि नाजीर र केकीले बिहेको नाटक गरेका हुन् । नाटकीय तरिकाले प्रस्तुत गरेको बिहेको दृश्य भने फिल्म भित्र हुने नहुने पछि नै थाहा हुने नाजीर र केकीले एक साथ बताएका छन् । सामाजीक कथालाई लिएर चलचित्र राज्जा रानी निर्माण हुन लागेको हो  ।

कथा लेखनको रुपमा काम गर्दै आएका यम थापाले यसै चलचित्रबाट निर्देशनको यात्रा तय गर्ने भएका छन् । आर्यन फिल्मस्को ब्यानरमा  निर्माण हुन लागिएको चलचित्रको लगानीकर्ता रमेश एमके पौडेल हुन् । उनी टेलिभजन च्यानलहरु वितरण गर्ने व्यवासायमा व्यस्त छन् । डिस होम, सिम टिभी लगायतका संस्थापक समेत रहेका उनले केही दिन अघि नायिका रेखा थापासँग मिलेर रुद्रप्रिया बनाउने समेत उद्घोष गरिसकेक छन्  ।चलचित्रमा केकी र नाजीरको साथमा कामेश्वर  चौरासिया, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, अरुण रेग्मी लगायतको मूख्य भुमिका रहनेछ । फाल्गुन ५ गतेदेखी नेपालगञ्जबाट चलचित्रको छायांकन शुरु हुने निर्माण पक्षले जानकारी गराएका छन् ।