केकी र नाजिरको ‘राज्जा रानी’ ट्रेलर रिलिज

केकी र नाजिरको ‘राज्जा रानी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लेखक यम थापाको डेव्यु निर्देशन रहेको सिनेमा ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजीत एक प्रेसमिटका विच सिनेमाको ट्रेलर रिलिज गर्दै निर्माता रमेश एमके पौडेलले ‘राज्जा रानी’ पुष २१ मै रिलिज हुने जानकारी दिए ।

तराईमा रहेको दाईजो प्रथालाई पहिलो पटक सिनेमामा उठाईएको निर्देशकले ठोकुवा गरे । सिनेमामा केकी अधिकारी, नाजीर हुसेन, दिपक क्षेत्री, संगीता नापित, कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा लगाएतका कलाकारले अभिनय छ । ‘राज्जा रानी’मा दिपक शर्मा/ताराप्रकाश लिम्बुको संगीत, राजेन्द्र थापा/यम थापाको शब्द, पुरुषोत्तम प्रधानको छाँयाकन, कविराज गहतराजको कोरियोग्राफी हेर्न पाईनेछ ।