कलाकार दिपक क्षेत्रीलाई ‘राज्जा रानी’ फिल्म युनिटको सहयोग

कलाकार दिपक क्षेत्रीलाई ‘राज्जा रानी’ फिल्म युनिटको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बिरामी कलाकार दिपक क्षेत्रीलाई ‘राज्जा रानी’ फिल्म युनिटले २ लाख ११ हजार नगत प्रदान गरेको छ । फिल्म युनिटले डिल्लीबजारस्थित क्षेत्रिकै डेरामा पुगेर स्वास्थ्य लाभको कामना गर्दै नगद प्रदान गर्यो ।

निर्माता एमके पौडेल, निर्देशक याम केसी, अभिनेत्री केकी अधिकारी, अभिनेता नाजिर हुसेन लगाएतका फिल्मकर्मी क्षेत्रि निवासमा पुगेका थिए ।

५६ वर्षिय क्षेत्रीको उपचारका लागि गत फागुन १८ गते फिल्मले नेपालगंज सेटमै रकम संकलन थालनी गरेको थियो । प्राविधिक, कलाकार र टीमले गच्छेअनुसार पैसा जुटाएका थिए । ‘हामी चाहन्छौं डबिङमा उहाँको वास्तविक आवाज रेकर्ड गर्न सकियोस्’ निर्माता पौडेलले भने, ‘हामी उक्त दिनको पर्खाइमा छौं ।’

निर्देशक केसी, कलाकारद्धय केकी र नाजिरले समेत गुमेको आवाज फिर्ता गरेर डबिङमा भर्न पाइने आशा व्यक्त गरे । राज्जा रानीमा क्षेत्रीले मुख्य अभिनेत्रीको पिताको भूमिकामा अभिनय गरेका छन् । नीजि क्षेत्रबाट सक्दो सहयोग भएपनि सरकारले आफ्नो उपचारमा वास्ता नगरेको भन्दै क्षेत्रीले दुःखेसो गरे ।

वर्ष २०४१ मा विश्वास नामक सिनेमाबाट अभिनय थालेका क्षेत्रीले डेढसयभन्दा चलचित्रमा अभिनय गरिसकेका छन् । उनकी पत्नी तथा अभिनेत्री बिपना बस्नेतले शल्यक्रियाका लागि आफूहरु जुट्ने जानकारी दिइन् ।

घाँटीमा मासु पलाएपछि चारवर्षदेखि अभिनेता क्षेत्रीको स्वर सुक्दै गएको हो । सुकेको स्वरमै उनले केही फिल्ममा समेत अभिनय गरे । रकम जुटेपछि अब आफ्नो जीवनले नयाँ मोड लिनेभन्दै उनी हर्षित देखिन्थे । उनको परिवारमा समेत खुशिको माहौल छ ।