नुवाकोटमा राजेश हमालको छमछमी

नुवाकोटमा राजेश हमालको छमछमी

द सिनेमा टाइम्स
0
Shares

नुवाकोटको बट्टारमा सञ्चालन भइरहेको चौथो नुवाकोट महोत्सवमा गत शुक्रबार महानायक राजेश हमाल, विशेष आकर्षणका रुपमा रहे ।  महानायक राजेश हमालले यसअघि नुवाकोट आउँदाको संस्मरण सुनाउनुका साथै चर्चित गायिक सुनिता दुलालले  गयको  गीतमा नृत्य प्रस्तुत गरेका थिय  । हमाल नृत्य गर्दै दर्शकतिरै पुग्दा महोत्सवमा थप रौनक थपिएको थियो । राजेश हमाललाई नजिकैबाट हेर्न, छुन र फोट खिच्नका लागि महोत्सवमा सहभागी दर्शकहरुले मरिहत्य गरेका थिए । झण्डै तीन घण्टा महोत्सव स्थलमा रहेका  हमाललाई फोटो खिच्नेहरुको भिडबाट निकाल्नका लागि आयोजकलाई  हम्मेहम्मे परेको थियो ।  महानायक  आफुसंगै नुवाकोट  बासीलाई  छमछमी नचाए । हमालले महोत्सवमा सम्बोधन  गर्दै भने  फिल्म खेल्न थालेको २७ वर्ष भइसक्यो । तर, तपाई हरुको मायाले उमेरचाँहि २५ बाट उँभो कहिल्यै लागेन ।