पहिलो पटक एकै फ्रेममा हमाल दम्पति ! (भिडियो)

पहिलो पटक एकै फ्रेममा हमाल दम्पति ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ३ बर्ष अगाडी वैवाहिक जीवनमा बाँधिएका हमाल दम्पति पहिलो पटक एकै फ्रेममा देखा परेका छन् । २०० बढी नेपाली सिनेमामा अभिनय गरिसकेका राजेश हमाल र केहि म्युजिक भिडियोमा अभिनय गरेकी पत्नी मधु भट्टराईलाई दर्शकलेसँगै क्यामराको फ्रेममा देखेका थिएनन् ।

३३ सेकेन्ड लामो ह्वील ओके साबुनको बिज्ञापनमा यो रियल जोडीलाई दर्शकले देख्न सक्छन । राजेश हमाल पछिल्लो समय सिनेमामा देखा परेका छैनन् । हमाल अब आफै सिनेमा मेकिङ आउँने हल्लाहरु पनि मिडियामा आईरहन्छन । तर, हमालले कहिले मेकिङमा डेब्यु गर्छन ? पर्खाईको विषय बनेको छ ।