बिध्यालय भवन उद्घाटनमा महानायक गार्जिय पछी

बिध्यालय भवन उद्घाटनमा महानायक गार्जिय पछी

द सिनेमा टाइम्स
0
Shares

गोरखा जिल्लाको श्रीनाथकोटमा रहेको जनकल्याण माध्यमिक बिध्यालयको नव निर्मित भवन उद्घाटन भएको छ ।  भूकम्पले उक्त  बिध्यालयको सबै भवन ध्वस्त भएपछि घाँसी नेपालको सहयोगमा नयाँ भवन निर्माण गरिएको थियो । उक्त भवनलाई महानायक राजेश हमालले उद्घाटन गरेका हुन् ।
गोरखा जिल्लाका प्रमूख जिल्ला अधिकारी समेत उपस्थित भएको कार्यक्रम औपचारीक पछि अनौपचारिक साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो । राजेश हमालले  जब हातमा माईक मात्र के लिएका थिए, दर्शकहरुबाट ताली बर्सिए । सानो र पातलो गाउँमा भएको कार्यक्रममा सयौं दर्शकहरु जम्मा भएका थिए । स्थानीयका अनुसार राजेश हमाल  आउने खबर ढिला मात्र थाहा पाएपनि पाँच गाउँदेखीका मान्छेहरु हमाल हेर्न आईपुगेका थिए । यति मात्र नभएर जब हमाल विद्यालयको एक शिक्षीकासँग नाचे तब दर्शकहरु बाट सिठी र ताली निरन्तर बजीरहे ।

हमालले कार्यक्रममा निकै रमाईलो भएको र आफुले सबैभन्दा बढी पहिलो पटक नाचेको समेत बताए । बिध्यालयको मिससँग लगातार बिस मिनेट भन्दा बढी उनले नृत्य गरेका थिए । पछि उनले आफ्नै चलचित्रका पुराना संवादहरु सुनाउँदा दर्शकहरु स्टेजमै घेरिएका थिए । उनीहरुले निरन्तर राजेश दाई हाई हाई भनी रहे । कार्यक्रममा दर्शकहरुले हमाललाई कहिले राजु, कहिले शंकर त कहिले अर्जुन भनेर लगातार बोलाईरहेका थिए ।एक बर्ष अघि महानायक राजेश हमालले नै शिलान्यास गरेका थिय  । घाँसी नेपालको अभियन्ता समेत रहेका हमालले उद्घाटनसँगै  साँचो  हस्तान्तरण गरे । पाँच कोठे भुकम्प प्रतिरोधात्मक भवन पाएपछि स्थानीय, विद्यार्थीहरु र विद्यालय परिवार खुशि भएका थिए ।