अक्षय र रजनीकान्तको ‘२.०’को फुटेज लिक्ड

अक्षय र रजनीकान्तको ‘२.०’को फुटेज लिक्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘रोबर्ट’ को सिक्वेल ‘२.०’ भारतमा बनेका सम्पुर्ण सिनेमा भन्दा मंहगो बन्ने भएको छ । साउथ सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमारलाई एउटै पर्दामा उतारेको सिनेमाका निर्देशक एस शंकर हुन् । उनले यो सिनेमा निर्माण गर्न लामो समय लगाएका छन् । ‘२.०’ मा निर्माण टिमले सोचेको भन्दा झण्डै दोब्बर बजेट लाग्ने भएको छ ।

‘२.०’को प्रदर्शनसम्मको सम्पुर्ण बजेट ४५० करोड पुग्ने अनुमान गरिएको छ । यो बजेट सुनेर बलिउडका अधिकांश निर्माता निर्देशकशरु अच्मित भएका छन् । यसअघि भारतमा सबैभन्दा बढि लगानीमा निर्माण भएको सिनेमा ‘बाहुकली २’लाई मानिन्छ । ‘बाहुबली २’ पछि सबैभन्दा बढि लगानी भएको सिनेमामा यहि हो । ‘बाहुबली २’ले प्रमोसन र धेरै हल पाउने सिनेमाको रेकर्ड राखेको थियो ।

‘२.०’ को प्रि– प्रोडक्शन टीम लगातार सिनेमाको सेट निर्माण कार्यमा लागेको छ । इन्टरनेटमा बीबीसीको एक भिडियो भाइरल भई रहेको छ । जसमा २.० को सेटको फुटेज देखाइएको छ । भिडियोमा सिनेमाको नायिका एमी जैकसन डान्सको तयारी गरिरहेकी छिन् । एमी यसमा रोबोटिक कस्टुममा देखिएकी छिन् । सिनेमामा जोडिएका टेक्नीशियन २.० बारेमा सानो भन्दा सानो कुराको जानकारी दिईरहेका छन ।