बक्सअफिस भन्दा मेरो काम ठुलो – रजनी केसी

बक्सअफिस भन्दा मेरो काम ठुलो – रजनी केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १९ गते अर्थात् आगामी साता नारीप्रधान सिनेमा ‘पटुकी’ रिलिज हुदैछ । र, सिनेमामा मुख्य भूमिका रजनी केसीले निर्वाह गरेकी छन् । सिनेमामा निर्वाह गरेको भूमिकाबाट सन्तुष्ट रहेकी रजनी अहिले घाइते अवस्थामा पनि सिनेमाको प्रचारमा लागिरहेकी छन् ।

चोट लागेको खुट्टामा पट्टि बाँधेर शनिबार ‘पटुकी’को प्रेसमिटमा उपस्थित भइन् । र, प्रेसका प्रश्नको उत्तर दिईन् । पछिल्लो समय रजनीका सिनेमाले बक्सअफिसमा सफलता पाउन सकेका छैनन् । तर, बक्सअफिस असफलताले आफुलाई असर नगर्ने रजनीले प्रेसमिटमा बताइन । उनले भनिन् ‘मेरो सिनेमाले बक्सअफिसमा कस्तो प्रदर्शन गर्छन, म त्यता तिर ध्यान दिदैन । किनकी, मेरा बक्सअफिस असफल सिनेमामा गरेको कामबाट म सन्तुष्ट छु । दर्शकले मेरो भूमिका रुचाईदिनु भएको छ । म यसैमा खुसि छु ।’

छविराज प्रोडक्सनको ‘लोफर’बाट डेब्यु गरेकी रजनीको पहिलो सिनेमाले खास्सै राम्रो व्यापार नगरेपनि उनि अभिनित ‘परदेशी’ सुपरहिट भएको थियो । त्यस यता रजनीका सिनेमाले सफलता पाउन सकेका छैनन् ।

‘पटुकी’ टिम

राम नेपाल निर्देशित ‘पटुकी’मा रजनीका अलावा जेम्स बिसी, दिपक कडेल, रोजी श्रेष्ठ, म्याक्टेन कालुको मुख्य भूमिका छ । मनसुधा मिडियाको प्रस्तुति रहेको सिनेमामा म्याक्टेन् कालुको लगानी छ ।

तस्विर: समीर बलामी