अमेरिकामा राजवल्लभले कसे लगनगाँठो

अमेरिकामा राजवल्लभले कसे लगनगाँठो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एक समयका सफल एवं चर्चित अभिनेता राजवल्लव कोइरालाले विवाह गरेका छन । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा डिसेम्बर ३ तारिखका दिन उनले लामो समय देखि आफ्नो प्रेममा रहेकी प्रतिमा बिमलीसंग बिवाह गरेका हुन ।

उनकी धर्मपत्नी बनेकी प्रतिमा जीवचिकित्सा अभियन्ता बायो मेडिकल इन्जिनियर हुन । उनले आफ्नो बिवाहमा अमेरिकाको डिसी महानगरमा रहने आफ्ना नेपाली शुभचिन्तक र आफन्तलाई बोलाएका थिए । हलिउड सिनेमा ‘हाइवे टु धम्पुस’को सुटिङ्गको क्रममा अमेरिका पुगेका राजवल्लव अहिले अमेरिकाको डिसीमा आइटिको काम गर्छन ।

‘पर्खि बसे’बाट नेपाल सिनेमा क्षेत्रमा अभिनय सुरु गरेका राजले ‘पहिलो पहिलो माया’, ‘छोडीगए पाप लाग्ला’, ‘प्रितीको फुल’ लगायतका दर्जन सिनेमामा अभिनय गरेका छन । भने, ‘राघव’ नामक सिनेमा निर्माण गरेका छन ।