‘राधा’ बन्न कथाले प्रेरित गर्यो – प्रियंका

‘राधा’ बन्न कथाले प्रेरित गर्यो – प्रियंका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – निर्देशक योगेश घिमिरे यतिबेला नयाँ प्रोजेक्टमा व्यस्त छन् । कथाकार प्रदीप भारद्वाजद्वारा लिखित कथालाई उनले आफ्नै अघिल्लो सिनेमा ‘राधा’ को सिक्वेलको रुप दिएका छन् । सिनेमामा उनले एक हिरोसँगै अभिनेत्रीमा प्रियंका कार्कीलाई फाइनल गरेका छन् भने एक हिरो अझै फाइनल हुन् बाकी रहेको बुझिएको छ । सिक्वेलमा अभिनय गर्ने सहमति प्रियंकाले कथाकै कारण दिएकी हुन् ।

‘सिनेमाको कथा निकै राम्रो छ , यसैले सिनेमामा मलाइ अनुबन्धित गरायो’ प्रियंका पारिश्रमिक भन्दा पनि कथाकै कारण आफु सिनेमामा हुने बताउछिन । एभरेज ब्यापार गरेको सिनेमा ‘राधा’ को सिक्वेल राम्रो बन्नेमा प्रियंका विश्वस्त छिन । प्रियंका यस अगाडी नै ‘सुन्तली’ र ‘माला’ लगायतका सिनेमामा शिर्ष भूमिकामा देखिसकेकी छिन । संजय न्यौपानेको निर्माण रहने सिनेमाको छायाँकन असोजबाट हुन् सक्ने बुझिएको छ ।