सलमानको ‘रेस ३’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको बहुप्रतिक्षित सिनेमा ‘रेस ३’को ट्रेलर रिलिज भएको छ । २००८ को लोकप्रिय एक्सन थ्रिलर ‘रेस’ सिरिजको तेस्रो भागलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् ।

सिनेमामा सलमान खान, अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्नान्डिज, डेजी शाह, सकिब सलिमको मुख्य भूमिका छ । अन्तिम सेड्युलको छायाँकन चलिरहेको सिनेमा जुन १५ अर्थात असार १ गते प्रदर्शन हुदैछ । सिनेमामा सोनाक्षी सिन्हाको एक गीतमा केमियो हुनेछ ।

सलमानका फ्यान तथा दर्शकहरुको लागि खुसीको खबर छ, की ‘रेस ३’ थ्रीडीमा पनि रिलिज हुनेछ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *