विकेन्डमा सलमानको धमाका, समिक्षाले पारेन प्रभाव

विकेन्डमा सलमानको धमाका, समिक्षाले पारेन प्रभाव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘रेस ३’ले घरेलु बक्स अफिसमा धमाका मच्चाएको छ । प्रदर्शनको तीन दिनमै सिनेमा सय करोड माथिको व्यापार गर्न सफल भएको ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गरेका छन् ।

इदको अवसर पारि रिलिज भएको एक्सन ड्रामाले पहिलो दिन २९.१७ करोड, दोस्रो दिन ३८.१४ करोड र तेस्रो दिन ३९.१६ करोडको कमाई गर्दै विकेन्डमै सेन्चुरी हान्न सफल भएको हो । पहिलो तीन दिनमै सय करोडको आँकडा छुने यो सलमानको चौथों सिनेमा हो ।

यसअघि ‘बजरंगी भाइजान’ (१०२.60 करोड), ‘सुल्तान’ (१०५.५३ करोड बुधबारदेखि शुक्रबारसम्म), ‘टाइगर जिन्दा हे’ (११४.९३ करोड)ले यो सफलता हाँसिल गरिसकेका छन् । ‘रेस ३’को तीन दिने टोटल कलेक्सन १०६.४७ करोड पुगेको छ ।

रोचक कुरा त के छ भने, यसले अघिल्लो इन्स्टलमेन्ट ‘रेस २’को लाइफटाइम कलेक्सनलाई पनि उछिनेको छ । ‘रेस २’ले लाइफटाइम १ सय २ करोड माथि कमाई गरेको थियो ।

रेमो डिसुजा निर्देशित सिनेमाले समिक्षकबाट झुर समिक्षा पाएको थियो । त्यसैमा विश्वकपले व्यापारमा प्रभाव पार्न सक्ने अनुमान थियो । तर, सलमानको स्टारडमले सबै अनुमानहरुलाई फेल खुवाएको छ ।

१ सय ५० करोडको बजेटमा निर्मित सिनेमामा सलमान खान, अनिल कपूर, जाक्लिन फर्नान्डिज, बबी देवल, डेजी शाह सकिब सलीम, फ्रेड्डी दारुवाला लगायतका कलाकारको अभिनय छ । यो सन् २००८ को ‘रेस’ सिरिजको तेस्रो इन्स्टलमेन्ट हो ।