‘रेस ३’मय मल्टीप्लेक्स शोज, अग्रिम बुकिङ आक्रामक

‘रेस ३’मय मल्टीप्लेक्स शोज, अग्रिम बुकिङ आक्रामक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘रेस ३’ यहिँ शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउँदैछ । यस मल्टीस्टारर सिनेमालाई गोपीकृष्ण मुभिजले नेपाल भित्र्याएको छ ।

साथै, बुधबार दिउँसोदेखि मल्टीप्लेक्समा ‘रेस ३’को लागि अग्रिम बुकिङ पनि खुला गरिएको छ । यो साता ‘रेस ३’का कारण नेपालमा कुनै पनि नेपाली सिनेमा प्रदर्शन हुने छैनन् । भने हलिउडको ‘अ क्वाइट प्लेस’ प्रदर्शनमा आउनेछ । यी दुईको अग्रिम बुकिङमा ‘रेस ३’को अगाडी ‘अ क्वाइट प्लेस’ फिक्का देखिएको छ । शोजमा पनि ‘रेस ३’ले ‘अ क्वाइट प्लेस’लाई निक्कै पछाडी छोडीदिएको छ ।

क्युएफएक्स अन्तर्गत राजधानीका स्टेसनको शो तालिका

साँझ ६.१५ को समयसम्म ‘रेस ३’लाई देशकै ठुलो मल्टीप्लेक्स क्युएफएक्सले टोटल ५५ शोज उपलब्ध गराएको छ । यसमा राजधानीका ५ स्टेसनबाट मात्रै ३२ शोज छन् । त्यस्तै राजधानीका एफक्युबले १५,  सिडिसीले १०, क्युजले १०, बिएसआरले १० शोज उपलब्ध गराएका छन् । र प्राय: शोजमा बुकिङ आक्रामक भैरहेको छ । सिनेमा थ्रीडीमा पनि प्रदर्शन हुँदैछ ।

शुक्रबारबाट ‘रेस ३’ देशका लगभग सम्पूर्ण हलहरुमा प्रदर्शन हुनेछ । बलिउडका तीन खान (सलमान/आमिर/शाहरुख)का सिनेमा नेपालमा प्रदर्शन हुँदा नेपाली सिनेमाले मैदान खालि गर्ने गरेका छन् ।

रेमो डिसुजा निर्देशित सिनेमामा सलमानका अलावा अनिल कपूर, बबी देवल, जाक्लिन फर्नान्डिज, डेजी शाह, सकिब सलीम, फ्रेड्डी दारुवाला लगायतका कलाकारको अभिनय छ । यो सन् २००८ को ‘रेस’ सिरिजको तेस्रो इन्स्टलमेन्ट हो ।