ब्यस्त बन्दै पुष्प (फोटो फिचर)

ब्यस्त बन्दै पुष्प (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – म्युजिक भिडियोमा सफल नाम हो पुष्प खड्का । उनले अभिनय गरेका म्युजिक भिडियोहरुमा अहिले पनि दैनिक जस्तै सार्वजनिक भैरहन्छन । उनै पुष्प पछिल्लो समय म्युजिक भिडियोसँगै सिनेमाको पर्दामा समेत ब्यस्त बन्दै गइरहेका छन् । ‘अझै पनि’बाट ठुलो पर्दामा डेव्यु गरेका पुष्पलाई पहिलो पटक भेट्रान निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ बाट लिड रोलमा ब्रेक दिएका थिए । तर दुर्भाग्य उनले लिड रोलमा अभिनय गरेको सिनेमाले बक्सअफिसमा कमाल देखाउन सकेन ।दुई सिनेमाको असफलताले निराश बनेका पुष्पलाई तेस्रो सिनेमा ‘मंगलम’ले उनलाई ठुलो राहत दियो । ‘मंगलम’ उनले दर्पण छायाँ २ रिलिज नहुँदै साइन गरेका थिए । मंगलमको सफलतासँगै उनले मंगलमा गरेको प्यारालाइसिस युवाको भुमिकाले  सिनेमाकर्मी र दर्शकको मन जित्यो । त्यस पश्चात उनलाई स्टार अभिनेताको रुपमा हेर्न थालियो, मंगलम पछि उनको हातमा धमाधम ठुला ब्यानरका सिनेमा हात पर्न थालेका छन् ।पुष्पले केहि समय पहिले ठुलो ब्यानरको सिनेमा ‘छक्का पञ्जा ३’ साइन गरेर छाडेका थिए । निर्माण टिमले सिनेमाको स्किृप्ट नदिएको भन्दै छाडे । ‘छक्का पञ्जा ३’ पछि उनले मह सञ्चारले निर्माण गर्ने कमेडी सिनेमा ‘दाल भात तरकारी’ र पुनम गौतमले निर्माण नयाँ सिनेमामा काम गर्ने फाइनल भएको छ ।उनै पुष्प खड्का मह सञ्चारको सिनेमा दाल भात तरकारीको पत्रकार सम्मेलनमा आर्कषक बनेर पुगेका थिए । उक्त पत्रकार सम्मेलन पश्चात हामीसँग पुतलीसडक स्थीत स्टार मलको छतमा पुगेर द सिनेमा टाइम्सका फोटोग्राफर निरज पन्थीको क्यामेराले विभिन्न पोजमा खिचेका १० तस्विरहरु :-