कलाकार लुकाउँदै ‘पुरानो बुलेट’को टिजर रिलिज

कलाकार लुकाउँदै ‘पुरानो बुलेट’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पुरानो बुलेट’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक टिजरमा कुनै पनि कलाकारलाई देखाइएको छैन् । टिजरमा बुलेटको स्टण्टलाई मात्रै स्थान दिइएको छ । सिनेमाको टिजर हेर्दा नायक अनुप विक्रम शाहीको भिन्न गेटअप रहेको अनुमान लगाउन सकिन्छ ।

भीषण राईको लेखन तथा निर्देशन रहेको सिनेमामा अनुप विक्रम शाहीको अपोजीटमा नायिका वर्षा सिवाकोटी र माला लिम्बु,कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

१ करोड बजेटमा निर्माण भएको सिनेमाको कथा तथा पटकथा लेखनमा निर्देशक भीषण राईसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष सिनेमाका कार्यकारी निर्माता हुन् । सिनेमा ‘पुरानो बुलेट’मा अशोककुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । आगामी मंसिर ५ लाई सिनेको प्रदर्शन मिति तोकिएको छ ।