अनुपले वर्षालाई मंसिर १५ मा लिन आउने (भिडियो)

अनुपले वर्षालाई मंसिर १५ मा लिन आउने (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘पुरानो बुलेट’को पहिलो प्रचार सामाग्री अन्तर्गत गीत रिलिज गरिएको छ । निर्माण टिमले सिनेमाको प्रदर्शन मिति तय गर्दै दर्शकलाई पहिलो कोशेली स्वरुप गीत सार्वजनिक गरेको हो ।

आगामी चैत्र १ लाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको ‘ दहि चिउरा असार १५’ बोलको गीतमा अनुपबिक्रमले अभिनेत्री बर्षा शिवाकोटीसँग कम्मर मर्काएका छन् । उत्तमजंग लिम्बुको संगीत रहेको गीतमा उत्तमसँगै मेलिना राईको स्वर सुन्न सकिन्छ ।

प्रशान्त तामाङले कोरियोग्राफी गरेको गीतमा टिपिकल नेपालीपना जोडिएको छ । भिषण राईको निर्देशनमा बनेको सिनेमामा अनुप र बर्षासँगै माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, बादल श्रेष्ठ, करण धिताल, शिरोमणी दवाडी लगायतका कलाकारको अभिनयमा रहेको छ ।

सिनेमाको कथा तथा पटकथा पनि निर्देशक भिषणको नै हो । ‘पुरानो बुलेट’लाई अशोककुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त लगानीमा निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा सन्तोष राई छन् ।