पुजाको जन्मदिनमा पलले गीत गाउँदा (फोटोफिचर)

पुजाको जन्मदिनमा पलले गीत गाउँदा (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । आफु अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’को गीत सार्वजनिक गर्दै अभिनेत्री पुजा शर्माले आफ्नो जन्मदिन मनाएकी छन् । राजधानीमा आयोजित जन्मोत्सवमा फिल्मकर्मी र पत्रकारहरुको उपस्थिति रह्यो ।

आकर्षण पहिरनमा सजिएकी पुजाले तिन स्टेपको केक काटेर सुरुमा अभिनेता सरोज खनाललाई खुवाइन । सरोज खनालले पुजा आफ्नो छोरी सरहको बताउदा, पुजाले पनि आफ्नो बुवा सरोज मात्र रहेको जवाफ दिईन । ‘म यस्तो गीत गाउँछु’को लभसङ समारोहमा घंकिरहदा पुजालाई केक खुवाउदै निर्देशक सुदर्शन थापाले रातो गुलाव उपहार दिए । अर्जुन पोखरेलले पनि पुजालाई जन्मदिनको उपहार स्वरूप गीत गाएर सुनाए । त्यसपछि अभिनेता पलले पुजाको हात समाउदै ‘भन्छु आज’ बोलको गीत जानी नजानी भएपनि गाएर सुनाए । पल लजाउदै गीतको लय पक्रिने कोसिस गर्दै गर्दा माहोल गर्मिएको थियो । कार्यक्रमको अन्त्यमा पुजाले डान्सफ्लोर तताइएकी थिइन् ।

अभिनेत्री रुपा राना, नम्रता सापकोटा, कोरियोग्राफर कविराज गहतराज, छायाँकार संजय लामा, संगीतकार अर्जुन पोखरेल र संचारकर्मीले पुजालाई बर्थडे वीस गरे । जन्मदिनको केक काट्नु अगाडी फिल्मको ‘भन्छु आज’ बोलको गीत सार्वजनिक गरिएको थियो । जुन गीतको मेकिङ अहिले चर्चा बटुलिरहेको छ ।

तस्विर:- कमल प्रसाई