निर्माता संघमा नया कार्यसमिती, सबै निर्विरोध

निर्माता संघमा नया कार्यसमिती, सबै निर्विरोध

द सिनेमा टाइम्स
0
Shares

निर्माता संघको १४ औ साधारण सभा र  चुनावी अधिवेशनबाट  आकाश  अधिकारी को टिम  निर्विरोध निर्बाचित भएका छन।  अध्यक्ष पदमा   अधिकारी , उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले निर्विरोध भएका छन् । महासचिवमा  रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशिल पोख्रेल निर्विरोध विजयी भएका छन् । सदस्य पदमा पनि सबै  ९ जना नै निर्विरोध भएका छन् ।

निर्माता संघको सदस्यमा करिश्मा मानन्धर, रोहित अधिकारी, अर्जुन कुमार, निकिता पौडेल, दीपेन्द्र के खनाल, भानुप्रताप, दीपकराज गिरी, चेतन सापकोटा, रौनक विक्रम कँडेल निर्विरोध विजयी भएका छन् । विधान संसोधनपछि निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पदमा ल्याइनेछ । यस्तै, अन्य २ जना सदस्यलाई नयाँ कार्यसमितीले मनोनित गर्नेछ ।

विधान संसोधन गरि, वरिष्ठ उपाध्यक्ष पद थपिएको छ भने सदस्य संख्या ११ जना पुर्‍याइएको छ ।निर्माता संघको नयाँ कार्यसमितीमा यसपटक यूवाहरुको टिम आएको छ । जसको सबै निर्माता ले तारिफ गरेका छन् ।