वाग्ले रिहाईका लागि निर्माता सघंको जोडदार आग्रह

वाग्ले रिहाईका लागि निर्माता सघंको जोडदार आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नक्कली नोट प्रकरणमा पक्राउ परेका फिल्म निर्माता माधव वाग्लेलाई फसाइएको भन्दै चलचित्र निर्माता संघ, नेपालले गम्भीर ध्यानाकर्षण गराउँदै रिहाइको जोडदार माग गरेको छ । उक्त रकम चलचित्र ‘चगा चेट’ का लागि बनाइएको नक्कली रकम भएको संघले जनाएको छ ।

सघंका प्रथम उपाध्यक्षसमेत रहेका वाग्लेलाई यस प्रकरणमा फसाइएको स्पष्ट रहेको र उल्लेखित कार्यमा वाग्लेको कुनै संलग्नता नरहँदा पनि उनीमाथि आरोप लगाइ कानुनी प्रकिया अगाडि बढाउनु मनासिब नरहेको सघंको ठम्याइ भएको महासचिव रोज राणाले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत जनाइएको छ । र संघले वाग्लेलाई कानुन संवत अविलम्ब रिहा गरिदिन जोडदार आग्रह गरेको छ ।

निर्माता वाग्लेले प्रहरीसँगको बयानमा आफूले चलचित्र ‘चङ्गाचेट’का लागि यो नक्कली नोट छाप्न लगाएको बताएका छन् । नोटमा नक्कली भनेर लेखिएको छ ।

प्रेस विज्ञप्ती