कहाँबाट आउँछ प्रियंका कार्कीलाई इनर्जी ?

कहाँबाट आउँछ प्रियंका कार्कीलाई इनर्जी ?

द सिनेमा टाइम्स
0
Shares

दिनेश सिटौला

द सिनेमा टाइम्स काठमाडौं –अभिनेत्री प्रियंका कार्कीलाई आरोप आउने गर्छ – धेरै फिल्ममा अभिनय गरेको , उस्तै अभिनय दोहोरियो । तर उनका फ्यान फलोइङ हेर्दा छोटो समयमा निकै फ्यान कमाएकी अभिनेत्रीमा प्रियंका नै पर्छिन् । पछिल्लो समयकी व्यस्त नायिका प्रियंकाले फिल्ममात्र भ्याएकी हुँदिनन् । उनका म्युजिक भिडियो पनि उत्तिकै रिलिज भएका छन् । अझ पछिल्लो केही समयलाई हेर्ने हो भने उनी रियालिटी शो ‘बुगी उगी’ मा पनि व्यस्त देखिइन् । अर्कातिर ‘छक्का पञ्जा ३’फिल्म ‘नाईं नभन्नू ल ५’को छायांकनमा पनि उनी पुगेकै हुन्थिन् ।

गएको वैशाखमा एकसाथ रिलिज भएका चार फिल्ममा पनि प्रियंकाले प्रचारका लागिसमय छुट्याएकी थिइन् । सबै फिल्मलाई समय छुट्याउने र प्रचारमा पनि खटिने उनको यही भावनाले निर्माता निर्देशक अचम्ममा पर्छन् । शायद उनको यही कारणले हुनुपर्छ, प्रियंकासँग काम गर्दा धेरै निर्माता निर्देशकलाई सहज लाग्छ भन्ने गर्छन् । पछिल्ला वर्ष धेरै फिल्ममा अभिनय गरेको भन्ने आरोप खेपेकी प्रियंकाले आखिर कसरी मिलाउँछिन् यत्रो समय ? फिल्मको छायांकनमा पनि उनी पुगेकै छिन् । प्रचारमा पनि उत्तिकै समय दिएकी नै छन् ।

जुन धेरैका लागि सामान्य कुरा होइन । त्यो समयको कुरा हो, उनी आफ्नो व्यस्त समयका बावजूद उनी ‘नाइँ नभन्नू ल ५’ को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित थिइन् । उक्त कार्यक्रममासबैको आँखामा परेकी प्रियंकालाई इभेन्ट भ्याउनासाथ अर्को कार्यक्रममा पुग्नुपर्ने थियो । फिल्ममा आमाको भूमिका निभाएकी प्रियंका कार्यक्रममा ‘हट’ बनेर आएपछि पत्रकारले सोधे – फिल्ममा आमाको भूमिकामा देखिएकी प्रियंका हट देखिइन् भनेर फ्यानले भन्ने भए है ? ‘यहाँबाट सिधै म एउटा कार्यक्रममा जानु छ, त्यही कारणले पनि यही पोशाकमा आएँ ।’, उनले भएर मुस्कुराउँदै उत्तर दिइन् ।

कामप्रतिको प्रियंकाको यो लगावलाई सबैले सम्मान गर्छन् । सकभर सबैसँग राम्रो बन्न चाहने उनको बानी कतिपयका लागि प्रेरणा समेत बन्ने गरेको छ । उमेरले बिस्तारै पार लाउँदै जाला, त्यो त आफ्नो ठाउँमा छँदैछ तर अहिले उनमा देखिएको जुन जोश छ, त्यो सामान्य जोश भने पक्कै होइन । उनको नेपाली फिल्मप्रतिको चासो र त्याग साँच्चिकै सम्मान गर्नलायक भएको उनी निकटका फिल्मकर्मी बताउँछन् ।

नेपालमा कामको सूची छ, जुन उनलाई भ्याउनु छ । अर्कातिर विदेशका कार्यक्रममा पनि उनी उत्तिकै व्यस्त हुन्छिन् । यो जोश र जाँगर देख्दा धेरैलाई लाग्छ कि, कति जाँगर चलेको हो?फिल्मदेखि प्रचारसम्म, देशदेखि विदेशसम्म, म्युजिक भिडियोदेखि रियालिटी शोसम्म छाएकी प्रियंकाको समय व्यवस्थापनबाट अरुले पनि धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।केही हप्ता अघि प्रियंकाले नायक आयुष्मान देशराज जोशीसँग इंगेजमेन्ट गरेकी छन् । इंगेजमेन्ट लगत्तै अमेरिका पुगेर आएकी प्रियंकालाई अहिले पनि कामको उत्तिकै दौडधूप छ ।प्रियंकाका निकटका साथीहरु भन्छन् – ‘त्यही त, अचम्म लाग्छ, थकाइ पनि लाग्दैन होला कि यत्रो दौडधूप गर्दा ?’