‘आयुष्मान मेरो लागि सबै कुरामा योग्य छ’ : प्रियंका कार्की (भिडियो)

‘आयुष्मान मेरो लागि सबै कुरामा योग्य छ’ : प्रियंका कार्की (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली सिने क्षेत्रमा अभिनेत्री प्रियंका कार्कीको आगमन भएको धेरै बर्ष पुगेको छैन । करिब ५ बर्ष अगाडी यो क्षेत्रमा भित्रिएकी प्रियंकाले छोटो समयमै आफ्नो परिचय दिईसकेकी छन् ।

वर्तमान अवस्थामा नेपालकै नम्बर १ अभिनेत्री प्रियंका पछिल्लो समय सिनेमाको कारण भन्दा पनि प्रेम सम्वन्धका कारण चर्चामा छन् । यो चर्चा ‘कथा काठमाडौँ’ छायाँकनताका सुरु भएको हो । प्रियंका र ‘चपली हाइट २’ ब्वाय आयुष्मान देशराज जोशीको प्रेमका कुराले पछिल्ला केहि महिना सिने क्षेत्र गर्माएको छ । र, यो साता उत्कर्षमा पुगेको छ ।

केहि साता अघिसम्म सामाजिक संजालमा डेटिङका तस्विरहरु भाइरल भए पनि आफ्नो प्रेम सम्वन्धको बारेमा यो जोडीले सार्वजनिक रुपमा मिडियालाई जानकारी दिएको थिएन । अन्तत: आयुष्मानले नै एक अवार्ड समारोहमा डेब्यु अभिनेताको अवार्ड ग्रहण गर्दै गर्दा प्रियंकालाई आफ्नो प्रेमिका सम्वोधन गर्दै अवार्ड समर्पित गरे ।

यो जोडीलाई मिडियाले पछ्याईरहेको छ । र, उनिहरु मिडियामा स-परिवार उपस्थित हुदै आफ्नो प्रेमको वर्णन गरिरहेका छन् । प्रियंका भन्छिन ‘हामि यस्तो क्षेत्रमा छौ कि जहाँ हाम्रो काम र मनलाई बुझ्ने कोहि पाइन्छ जस्तो लाग्दैन । मैले यो क्षेत्रमा उ जस्तो मान्छे पाउँछु भनेर कहिले आशा गरेकी थिइन् । तर, उसमा मैले सबै कुरा पाएकी छु । हरेक कुराबाट उ मेरो लागि योग्य छ । त्यसैले छोटो समयमै म उसको बन्न पुगे । र उसको म बने ।’

प्रियंका थप्छिन ‘प्रेममा उमेर र समय हुदैन । उसँग प्रेम गर्न मैले बर्ष दिन कुर्नुपर्छ । उसका सबै कुरालाई नजिकबाट निल्याल्नु पर्छ । र, अघिल्लो दिनको झुल्के घामसँगै उसँग प्रेम गर्नु पर्छ भन्ने होईन । प्रेम जतिबेला पनि हुन् सक्छ जस्तो लाग्छ मलाई ।

आयुष्मानले भने आफ्नो प्रेम भन्दा पनि मिडियामा आएका गसिप बारेमा असन्तुष्टि व्यक्त गरे ‘लाइफमा सबै जनाले स्वतन्त्र भएर काम गर्न पाउनु पर्छ । सो, मिडियामा जति पनि गसिपहरु आईरहेका छन् । त्यो राम्रो तरिकाले आएका छैनन् । हामीले जे गरेका छौ त्यहिँ लेखिदिनु होला । तर, त्यहाँ बढाई चढाई गरेर हामि र हाम्रो परिवारलाई असर गर्ने गरि नलेखीदिनु होला’ भन्दै आग्रह गरे ।

यो दुईको सम्वन्धलाई परिवारले पनि स्वीकार्य गरिसकेको छ । मिडियामा परिवार पनि सकारात्मक रुपमा प्रस्तुत भैदिदा यो जोडीको अनुहारमा खुसी प्रष्ट देखिन्छ ।