‘भारत’ छोडेकी प्रिंयकाले गरिन नयाँ सिनेमा साइन

‘भारत’ छोडेकी प्रिंयकाले गरिन नयाँ सिनेमा साइन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेत्री पियंका चोपडाले केहिदिन पहिले बलिउड सुपरस्टार सलमान खानको सिनेमा ‘भारत’ छोडिन । जसको कारण मानिएको थियो उनका प्रमी निक जोनसँगको बिहे । तर अहिले उनको बिहेको भन्दा पनि अर्कै कारणले भारत छोडेको बलिउड मिडियाले समाचार लेखेका छन् । बलिउड मिडिया आज तकका अनुसार उनले फरहान अख्तरको सिनेमामा ‘द स्काई इज पिंक’ साइन गरेकोले ‘भारत’ छोडेको समाचार प्रकाशित गरेको छ ।

बलिउड मिडियाले श्रोतलाई आधार मान्दै लेखेका छन, ‘भारत’मा प्रियंकाको लामो रोल छैन् ।  तर उनले साइन गरेको फरहानको सिनेमामा लिड रोल र लामो भुमिका छ । यसैले गर्दा उनले प्रेमीसँग बिहेको कुरालाई विचमा ल्याएर ‘भारत’ छोडेको खबर बलिउडमा तीब्र रुपमा फैलिरहेको छ । एक्कासी प्रियंकाले सिनेमाबाट हात झिक्दा निर्माण टिम उनीसँग रुष्ट रहेको बताइएको छ । श्रोतका अनुसार फराहन अख्तर स्टार सिनेमा ‘द स्काई इज पिंक’को सुटिङ अगस्ट ८ बाट हुदैछ, त्यहि दिनबाट प्रियंकाले यो सिनेमाको सुटिङ सुरु गर्दैछिन् ।

बलिउडमा सलमानको सिनेमामा काम गर्ने को-स्टारको खासै भुमिका हुदैन र सिनेमामा पुरै सलमान हाबी हुने गर्छन् । त्यसैले पनि प्रियंकाले सलमानको सिनेमा छोडेको अड्कल बलिउडकर्मीले गरिरहेका छन् । प्रिंयकाले सिनेमा किन छोडिन भन्ने खबर आज सम्म पुष्टि हुन सकिरहेको छैन् । धेरैले उनले निकसँगको बिहेलाई नै सिनेमा छोड्नुको कारण मानिरहेका थिए । यस्तो वेला अचानक उनले अर्को सिनेमा साइन गरेको खबरले बलिउड हल्लिरहेको छ ।