‘भारत’ पछि प्रियंकाले छोडिन भंसालीको ‘गंगूबाई कोठेवाली’

‘भारत’ पछि प्रियंकाले छोडिन भंसालीको ‘गंगूबाई कोठेवाली’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘भारत’ छोडेकी प्रियंका चोपडाको अहिले बलिउडमा निकै चर्चा परिचर्चा भैरहेको छ । उनले किन ‘भारत’ छोडिन यसको पुष्टि आजसम्म भएको छैन् । यस्तैमा एउटा अर्को खबरले बलिउड तातिरहेको छ । सलमानको सिनेमा पछि प्रियंकाले संजय लीला भंसालको सिनेमाबाट पनि हात झिकेकी छिन् । संजय लिला भंसालीले एक वर्ष देखि यो ग्याङस्टार सिनेमा ‘गंगूबाई कोठेवाली’को स्कृप्टमा काम गरिरहेका थिए ।

बलिउड मिडिया डिएनएको रिपोर्ट अनुसार प्रियंकाले एकबर्ष देखि काम गर्ने भनेको सिनेमालाई अन्तिम समयमा आएर गर्न आफुले काम गर्न नसक्ने बताए पछि भंसाली अचम्ममा परेका थिए । सिनेमाको सम्पुर्ण तयारी भैसकेको थियो तर प्रियंकाले हलिउड सिनेमा ‘काउव्याई निन्जा विकिङ्ग’ साइन गरेको भन्दै ‘गंगूबाई कोठेवाली’लाई किनारा लगाइन ।

प्रियंकाले सिनेमाबाट हात झिकेपछि भंसालीले यस प्रोजेक्टको कामलाई पुर्ण रुपमा बंन्द गरेका छन । अब तत्काल यो सिनेमा नबन्ने घोषणा  भंसालीले गरे । प्रियंकाले संजय र सलमानको सिनेमाबाट हात झिके पनि सोनाली बोसको सिनेमा ‘द स्काई इज पिंक’मा भने काम गर्ने छिन् । सलमानको सिनेमाबाट बलिउड कमव्याक गर्ने सोच बनाएकी प्रियंका अब सोनाली बोसको सिनेमाबाट बलिउडमा कमव्याक गर्नेछिन् ।