प्रियंकाले बिशालको सिनेमामा काम गर्ने !

प्रियंकाले बिशालको सिनेमामा काम गर्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सलमानको सिनेमा ‘भारत’ छोडेकी प्रियंकाले अब विशाल भारद्धाजले निर्माण गर्ने नयाँ सिनेमामा काम गर्ने भएकी छिन् । प्रियंका अहिले हलिउड गायक निक जोनसको प्रेमका कारण चर्चामा रहने गरेकी छिन् । उनले विशालको सिनेमा गर्ने पुष्टि स्वयंम भारद्धाजले गरेका हुन् ।

एक्सन जनरामा निर्माण हुने यो सिनेमालाई विशाल आफैले निर्माण तथा निर्देशन गर्नेछन् । उनले निर्माण गरेको सिनेमा ‘पटखा’को गीत रिलिज कार्यक्रममा यो कुराको खुलासा गरेका हुन् । उनले दुबैजना एकअर्कासँग काम गर्न तयार रहेको र हाल सिनेमाको स्क्रिप्टको काम भइरहेको बताए। उनका अनुसार सिनेमाको सुटिङ आगामी वर्ष सुरू हुनेछ।

सिनेमाकै लागि विशाल र प्रियंकावीच चार चरणमा कुराकानीसमेत भएको फिल्मफेयरले आफ्नो समाचारमा उल्लेख गरेको छ। दुबैले यसअघि ‘कमिने’ तथा ‘ सात खुन माफ’ सिनेमामा एकसाथ काम गरिसकेका छन्।