प्रियंका र आयुष्मान गरे इन्गेजमेन्ट

प्रियंका र आयुष्मान गरे इन्गेजमेन्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – विगत केहि बर्ष देखि प्रेमको दुनियाँमा हराएको प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीले अन्तत इनगेजमेन्ट गरेका छन् । शनिबार उनिहरुले गुपचुप रुपमा दुई परिवारका केहि सदस्यको उपस्थीतीमा इन्गेजमेन्ट गरेका हुन् ।

अघिल्लो बर्ष निर्माण भएको सिनेमा ‘कथा काठमाण्डु’को छायांकन समयमा एकआपसमा नजिकिएका प्रियंका र आयुष्मान पछिल्लो समय मिडियामा खुल्लम खुल्ला हामी प्रेममा रहेको बताउदै आएका थिए ।

आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर शेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् । यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई दिँदै सामाजिक सञ्जालमा तश्बिर राखेकी छन् । इन्गेजमेन्ट भएपनि प्रियंका र आयुष्मानको विवाहको मिति तोकिएको छैन ।