एकसाथ ‘कफि विथ करण’मा आउँदै करिना र प्रिंयका

एकसाथ ‘कफि विथ करण’मा आउँदै करिना र प्रिंयका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – एक समय यस्तो थियो बलिउडका दुई चर्चित अभिनेत्री प्रिंयका चोपडा र करिना कपुर एक अर्काको नाम समेत लिन चाहँदैनन् थिए । तर, समय बदलिएको छ, कुनै वेला एक अर्काको नाम समेत सुन्न नचाहने उनीहरु अहिले करण जोहरको च्याट शो ‘कफि विथ करण’मा एकसाथ देखिएने भएका छन् । बलिउड मौका पायो कि एक-अर्कालाई घोचपेच गरिहाल्ने प्रिंयका र करिना एक भएको देख्दा पुरा बलिउडनै अचम्ममा परेको भारतिय मिडियाले लेखेका छन् । उनीहरुबीच अहिले एकाएक कसरी मेलमिलाप देखियो भन्ने कौतुहल्ता उनका फ्यानहरु मा देखिएको छ ।

बलिउड मिडियाका अनुसार यी दुईको सम्वन्धमा तितोपना आउनुको कारण शाहिद कपुर हुन् । पहिले शाहिद र करिनाबीच गहिरो प्रेम थियो । तर, आफूलाई धोका दिएर शाहिद प्रियंका तिर लागेपछि करिना प्रियंकासँग आगो भएकी थिइन् । जसले करिना र प्रियंकाको सम्वन्धमा दरार पैदा गरेको थियो ।

धेरै वर्ष अगाडि करिना र प्रियंकाले अब्बास मस्तानको सिनेमा ‘ऐतराज’ मा सँगै काम गरेका थिए । सो सिनेमामा प्रियंकाको रोल शक्तिशाली थियो । सिनेमा हिट हुँदा सबै जस प्रिंयकाले पाएकी थिइन् । जसले गर्दा करिनामा प्रियंकाप्रति जलन पैदा गरि दियो ।

त्यस पश्चात विभिन्न अन्तरवार्ताहरुमा करिना र प्रियंकाले एक-अर्कालाई छेडछाड गरेका छन् । करण जोहरको च्याट शो ‘कफी विथ करण’ मा अघिल्ला एपिसोड आउँदा करिनाले प्रियंकाको बारेमा भनेकी थिइन्, ‘उसको बोल्ने स्टाइल देख्दा मलाई उदेक लाग्छ ।’

त्यसको जवाफ दिँदै प्रियंकाले एक अन्तरवार्तामा भनिन्, ‘मलाई करिनाको सबै कुरा देख्दा उदेक लाग्छ ।’ यस्तै एक अन्तरवार्तामा प्रियंकालाई सोधिएको थियो ?, ‘यदि तपाईंलाई शाहरुख खान र करिना कपुरको कम्प्युटरबाट केही चोर्नुपर्यो भने के चोर्नुहुन्छ ?’

त्यसको जवाफमा प्रियंकाले भनेकी थिइन् , ‘करिना कम्प्युटर चलाउँछिन् होला र ?’ यसरी एक-अर्कालाई उडाउने उनीहरु ‘कफी विथ करण’ को नयाँ एपिसोडमा एकसाथ आउन तयार भएका छन् । यसबाट पनि उनीहरुको सम्वन्धमा अहिले आएको अनुमान लगाउन सकिन्छ । उक्त कार्यक्रममा उनीहरुले यसको रहस्य पक्कै खोल्लान् ।