प्रेमनाथ अफिसियल घोषणा

प्रेमनाथ अफिसियल घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘प्रेमनाथ’ निर्माण हुने भएको छ । यो गणेश बेल्वासेको दोस्रो निर्देशकिए सिनेमा हो । उनले यसअघि ‘उहिलेको बाजेको पालामा’ नामक सिनेमा निर्माण तथा निर्देशन गरेका थिए । प्रेम, कमेडी र सस्पेन्सको कथामा निर्माण हुने सिनेमाको छायांकन नेपाल र भारतमा गरिने छ ।

आगामी जेठको दोस्रो हप्ता रिलिज गर्ने तयारी सहित छायांकनमा जान लागेको निर्देशक बेल्वासेले बताए । ‘प्रेमनाथ’का कार्यकारी निर्माता कपिल प्रसाद द्धा हुन, भने सिनेमाको सह निर्मातामा बसन्तराज भट्ट छन् । वितरक तथा हल व्यावसायी समेत रहेका कपिलले लगानी गरेको यो पहिलो सिनेमा हो । यो सिनेमालाई नेपाल र भारतमा एकसाथ रिलिज गर्ने लक्ष्य राखिएको छ । प्रेमनाथलाई नेपालमा गोपालकाजी कायस्थले वितरण गर्ने छन् । भने भारतमा वितरणको जिम्मा बर्चस्व इन्फ्राटेक प्रालीका उमेश सिंहले गर्ने जिम्मेवारी पाएका छन् ।कलाकार छनोटका लागि दाङको घोराहीमा वर्कशप आयोजना गरिएको थियो । वर्कशपमा चर्चित निर्माता छवि ओझाको समेत सहभागीता थियो । सिनेमामा निर शाह, मोहन निरौला, सुरविर पण्डित, कमल गाउँले, राज थापा, मियुम जिरेल, मोनालिसा विष्ट, कीर्ति गौतम, पुजा रिमाल लगायतको अभिनय रहने छ । द्वन्द्व भरत क्षेत्रीको छ । सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले संगीत दिएका छन् । नृत्य रजिन पाठकको छ । सिनेमाका गीतहरुमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी र बेनुका राईको स्वर छ ।

‘प्रेमनाथ’को कथा र पटकथा बेल्वासे आफैले लेखेका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्व सांसद राजु खनाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, चलचित्रकर्मी सुशील पोख्रेल, सुनिल मानन्धर, लेखक शशी थापा लगायतले प्रेमनाथको सफलताको शुभकामना दिएका थिए ।