दिपशिखा र अली स्टारर सिनेमा ‘प्रेमलीला’को पहिलो गीत रिलिज

दिपशिखा र अली स्टारर सिनेमा ‘प्रेमलीला’को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २५ बाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको पहिलो गीत ‘जाने क्या हुवा ए’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार दिपशिखा खड्का र भारतीय मोडल अली खानलाई फिचर्ड गरिएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको सिनेमामा हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ समावेश गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । डाक्टर सागरको शब्द तथा रवि राज शाहको संगीत रहेको गीतमा राजा हसन र सौमी शैलेशको स्वर छ ।

सिनेमामा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् । नायिका खड्का कै कथा तथा लेखन रहेको सिनेमालाई जनक पाण्डेले निर्देशन गरेका हुन् । सिनेमामा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ ।

https://youtu.be/-wlAOMHzrIo