‘तक्लु ब्युटी कन्टेस्ट’को विजेतालाई ‘प्रेमलीला’को नगद पुरस्कार !

‘तक्लु ब्युटी कन्टेस्ट’को विजेतालाई ‘प्रेमलीला’को नगद पुरस्कार !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय नेपाली सिनेमाका निर्माता निर्देशकले आफ्नो सिनेमाको प्रचारमा नयाँ नयाँ फण्डा अपनाउँन थालेका छन् । यस्तै माघ २५ लाई आफ्नो प्रदर्शन मिती तय गरेको सिनेमा ‘प्रेमलीला’ले आफ्नो प्रचार प्रसार सुरु गरेको छ । सिनेमा प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण यूनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्ने भएको छ ।

प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि सिनेमाको अफिसियल फेसबुक पेज ‘प्रेम लीला’ – लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १०लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५०,००० दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

दीपशिखा खड्काकै कथा रहेको सिनेमामा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । सिनेमामा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छ । उनको यो डेब्यु सिनेमा हो । सिनेमामा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । सिनेमामा महेश खड्का, नबिन कार्की र बिराज शाहको संगीत रहेको छ । सिनेमामा दीपशिखा र अली सानका अलवा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।