प्रिमियरमा ‘साली कस्को भेनाको’लाई मिश्रीत प्रतिक्रिया

प्रिमियरमा ‘साली कस्को भेनाको’लाई मिश्रीत प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘साली कस्को भेनाको’ सोमबार काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको थियो । उक्त प्रिमियर शोमा सिनेमा निर्माण युनिट, उनीहरुका पारिवारिक र सिमित सञ्चारकर्मीको उपस्थीती रहेको थियो ।

भदौ २९ गतेबाट प्रर्दशन हुन लागेको यो सिनेमा हेर्न मदनकृष्ण श्रेष्ठ,हरिहर शर्मा,निर्देशक दयाराम दाहाल,निर्माता,बितरक तथा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय लगायत थुप्रै सिनेमाकर्मीको उपस्थिती रहेको थियो । पुष्प आचार्य लेखन रहेको ‘साली कस्को भेनाको’ मगर समुदायमा भेनाले साली बिहे गर्ने प्रथालाई देखाइएको छ । सिनेमामा संगीत प्रसाद श्रेष्ठ र सुरज शाही ठकुरीको रहेको छ । निर्माताको रुपमा रामप्रसाद श्रेष्ठ, सुनिल गोपाल न्याचुन, काजीमान श्रेष्ठ र कमला रहेका छन् ।भद्र भुजेलको निर्देशनमा तयार भएको सिनेमा ‘साली कस्को भेनाको’ प्रिमियर शोमा सिनेमाका मुख्य तीन अभिनेत्री मरिष्का पोखरेल, रजनी गुरुङ, सुष्मा कार्की मुख्य आर्कषण रहे । प्रिमियरमा सिनेमा हेरेका अधिकांश सिनेमाकर्मी र सञ्चारकर्मीले मरिष्का, रजनी र सुष्माको अभिनयको तारिफ गरेका थिए । टिपिकल नेपाली कथावस्तुमा निर्माण भएको यो सिनेमालाई पत्रकार तथा सिनेमाकर्मीले मिश्रीत प्रतिकृया दिएका छन् । विल्सन बिक्रम राई,बुद्धि तामाङ्ग,जयनन्द लामा,रबि गिरि,प्रिया रिजाल,रजनी गुरुङ्ग,सुष्मा कार्की,बिरेन श्रेष्ठ लगायत कलाकारहरुले अभिनय रहेको छ ।