प्रिमियरमा रुचाइएको ‘रुद्रप्रिया’

प्रिमियरमा रुचाइएको ‘रुद्रप्रिया’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक २ गते अर्थात लक्ष्मी पुजाको दिन देखि प्रदर्शनमा आउन लागेको रेखा थापा र आर्यन सिग्देल अभिनित सिनेमा ‘रुद्रप्रिया’को सोमबार राजधानीमा प्रिमियर शो सम्पन्न भएको छ ।  पत्रकार तथा सिनेकर्मीको बाक्लो उपस्थितिका बिच सम्पन्न प्रिमियरमा सिनेमाले तारिफ पाएको छ ।

कुनै समय हिट जोडी रेखा र आर्यनले करिव ८ वर्ष पछी सँगै काम गरेका हुन् । उनीहरुको जोडीलाई सिनेमा हेरेका दर्शकले पुन: रुचाएको पाइयो  । सिनेमा हेरेर बाहिरिएका अधिकंश दर्शकले फिल्मको कथाबस्तु, प्रस्तुती, कलाकारको अभिनय र निर्देशकीय पक्षलाई खुलेरै तारिफ गरे ।

रेखा थापा भन्ने बित्तिकै सिनेमाको हिरो नै भन्ने बुझिन्छ । सधै एक्सन सिनेमामा रमाउने रेखाको यस सिनेमामा भने एक्सन देखिन्दैन । तर पनि यस सिनेमामा पनि रेखाको हिरोइजम मज्जाले देखिन्छ ।  फिल्मको सम्पूर्ण कथाबस्तु रेखा माथि नै घुमेको छ । सामाजिक कथाबस्तुमा सिनेमा निर्माण गर्ने रेखाले यस सिनेमामा पनि सामाजको वास्तविक कुरालाई उठान गरेकी छिन् ।

सिनेमामा रेखाले निर्वाह गरेको भूमिकालाई पनि दर्शकले खुबै मन पराए । आर्यन सिग्देल, राजन इशानको काम पनि तारिफयोग्य छ ।

प्रिमियरमा सिनेमाका मुख्य कलाकार रेखा थापा, आर्यन सिग्देल, राजन इशान, निर्देशक सुदिप भुपाल सिंह, निर्माता सरस्वती थापा, रमेश एमके पौडेल पनि उपस्थित थिए ।

रुद्रप्रिया प्रिमियरमा हरिवंश आचार्य, छविराज ओझा, हेमराज बिसी, केकी अधिकारी, रिमा बिश्वकर्मा, नीता ढुंगाना, शिल्पा पोखरेल, आमेश भण्डारी लगायतको उपस्थिति थियो ।