स्कटिस तालमा ‘प्रेमगीत २’को ‘मोटरसाइकल’ (भिडियो)

स्कटिस तालमा ‘प्रेमगीत २’को ‘मोटरसाइकल’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । फिल्म ‘प्रेमगीत २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मोटरसाइकल’ बोलको गीतमा फिल्मका मुख्य कलाकार प्रदिप खड्का, अश्लेशा ठकुरी र अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत भएका छन् ।

स्कटिस संगीतको स्वादसँग संगीतकार एलिस कार्कीले नेपालीपन मिश्रण गरेका छन् । गीत राजेशकुमार श्रेष्ठ र बबिनको शब्द, प्रताप दास र इन्दिरा जोशीको स्वर एवं रिनशा राईको नृत्य निर्देशनमा बनेको हो । सन्तोष सेनको निर्माणमा बनेको फिल्मका सहनिर्माता ओम गुरुङ हुन् । आशुसेन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । म्यानमार र बर्मेली पात्रबीचको प्रेमकथा बुनिएको फिल्म साउन १३ मा सार्वजनिक हुदैछ ।