सकियो ‘प्रेमगीत २’को मोफसल दौडाह

सकियो ‘प्रेमगीत २’को मोफसल दौडाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साउन १३ मा देशभर प्रदर्शनमा आउँन लागेको सिनेमा ‘प्रेमगीत २’ले देशव्यापी भमणको मोफसल दौडाह सकेको छ । तनहुँको दमौलीबाट देश दौडाह तय गरेको सिनेमाले झापाको विर्तामोडमा आफ्नो मोफसल यात्रा टुंग्याएको हो ।

यसविचमा दमौली, पोखरा, नेपालगञ्ज, वुटवल, नारायणगढ, हेटौडा, विराटनगर, दमक, धरान, इटहरी हुदै विर्तामोडमा प्रदिप खड्का र अश्लेशा ठकुरीको टिमले दुई साता लगाएर दर्शकलाई सिनेमाको बारेमा जानकारी गराए । अब यो टिमले काठमाडौँ उपत्यका भित्र भक्तपुर, ललितपुर र काठमाडौँमा ‘प्रेमगीत २’ म्युजिकल कन्सर्ट गर्नेछ ।

सिनेमाले ‘प्रेमगीत २’ कभर सङ कम्पिटिसनको लागि समय अवधि थप गरेको छ । सिनेमाको गीत गाउँन चाहनेले अब असार २७ सम्म प्रतियोगितामा भाग लिन सक्नेछन । यसअघि असार २० सम्मलाई प्रतियोगिता समय तोकिएको थियो ।

सन्तोष सेनले निर्माण गरेको सिनेमामा रामशरण पाठकको निर्देशन छ । सिनेमामा प्रदिप खड्का, अश्लेशा ठकुरी, कैलाश कटुवाल, शिशिर भण्डारी, कविता रेग्मी लगायतका कलाकारको अभिनय छ ।