‘प्रेमगीत २’को विश्वव्यापी कभरसङ प्रतियोगीता आव्हान

‘प्रेमगीत २’को विश्वव्यापी कभरसङ प्रतियोगीता आव्हान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । आशुसेन फिल्मसले ‘प्रेमगीत २’को लागि विश्वव्यापी कभरसङ प्रतियोगिता आव्हान गरेको छ । फिल्ममा समावेश ‘कहानी यो प्रेमगीतको’ बोलको गीत गाएर इच्छुक व्यक्तिले  प्रतियोगीतामा सहभागी हुन् पाउनेछन् ।

प्रतियोगीहरुले गाउँदा जुनसुकै साँगीतिक बाधक भिडियो रेकर्डिङ डिभाइसेस वा हाईलाईट्सको युट्युब च्यानलमा उपलब्ध लिंक म्यूजिकल ट्रयाकलाई डाउनलोड गरि प्रयोग गर्न सक्नेछन् । प्रतियोगीहरुले गाएको भिडियो यही बैशाख १८ असार २० गतेसम्म युट्युबमा अपलोड गरिसक्नु पर्नेछ । र, युट्युबमा अपलोड गरिएको भिडियोको लिंक सहित आफ्नो विवरण [email protected] मा पठाउनु पर्नेछ ।

विजेताहरु १ पुरुष र १ महिलालाई आशुसेन फिल्मस प्रालीले आगामी फिल्ममा गाउने अवसर र जनही १/१ लाख रुपैया पुरस्कार प्रदान गर्नेछ । रामशरण पाठक निर्देशित ‘प्रेमगीत २’ साउन १३ गते रिलिज हुदैछ । फिल्ममा प्रदिप खड्का, अश्लेशा ठकुरी र श्रद्दा प्रशाईको मुख्य भूमिका छ ।