‘प्रेमलीला’मा दीपशिखाको दुई अवतार

‘प्रेमलीला’मा दीपशिखाको दुई अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘प्रेमलीला’को छायाँकन यतिबेला धमाधम चलिरहेको छ । दीपशिखा खड्काको अभिनय तथा निर्माणमा बनिरहेको सिनेमालाई जनक पाण्डेले एक्सन कट गरिरहेका छन् ।

यसै विच निर्माण पक्षले सिनेमाका केहि तस्विरहरु सार्वजनिक गरेको छ । जहाँ दीपशिखाका दुई अवतार देख्न सकिन्छ । केहि तस्विरमा उनि रोमान्टिक मूडमा देखा परेकी छन् । भने, कहिँ कपाल मुण्डन गरेकी छन् ।

कपाल किन मुण्डन गरेको भन्ने प्रश्नमा दीपशिखाले सिनेमा हेरे पश्चात नै थाहा हुने भन्दै मुण्डनको रहस्य खोल्न मानिनन् । उनले नवकलाकार अलि खानसँग भर्खरै एक रोमान्टिक गीतको छायाँकन सकाएको पनि बताइन ।

हिन्दी बोलको ‘जाने क्या हुवा हे’ गीतलाई रामजी लामिछानेले कोरियोग्राफी भरेका छन् । नेपाली सिनेमामा हिन्दी गीत किन ? यस प्रश्नमा दीपशिखाले कथाको माग अनुसार समावेश गरिएको बताइन ।

पवन गौतमको छायाँकन रहेको सिनेमामा महेश खड्का, नविन कार्की र रविराज शाहको संगीत छ । सिनेमामा दीपशिखा र अलिका अलावा सुरज तमु र रेखा शाहको मुख्य भूमिका छ ।