सुदर्शनको ‘प्रेमगीत’लाई करोडले हेरे !

सुदर्शनको ‘प्रेमगीत’लाई करोडले हेरे !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुदर्शन थापा निर्देशित सिनेमा ‘प्रेमगीत’ले युट्युबमा १० मिलियन अर्थांत १ करोड भ्युज पार गरेको छ । यो सँगै युट्युबमा करोड भ्युज क्रस गर्ने तेस्रो नेपाली सिनेमा बनेको छ । यसअघि राजेश हमालको ‘रक्षा’ र दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा’ले यो माइलस्टोन पार गरिसकेका छन् ।

दुई वर्ष अगाडी प्रदर्शनमा आएको म्युजिकल लभस्टोरीलाई दर्शकले अत्याधिक रुचाएका थिए । सिनेमामा अर्जुन पोखरेलद्वारा संगीतवद्ध गीतहरुले पनि निक्कै चर्चा पाए । यहिँ सिनेमाबाट निर्देशक सुदर्शन थापाले चर्चाको शिखर छुँदा, अर्जुन पोखरेलले वर्षभरिका अवार्डमा वर्चश्व जमाए । त्यस्तै पूजा शर्मा र प्रदीप खड्कालाई यहिँ सिनेमाले स्टारको सुचीमा अटाईदियो । त्यस्तै निर्माता सन्तोष सेनले पनि चर्चा कमाए । सन्तोषले यहिँ वर्ष प्रदर्शनमा आएको ‘प्रेमगीत २’मा रामशरण पाठक निर्देशक र प्रदीप खड्का कलाकार लिए । अत्याधिक प्रचार-प्रसार गरिएको सिनेमा बक्सअफिसमा पनि हिट कहलियो ।

त्यस्तै सुदर्शन र पूजा मिलेर यो वर्ष ‘म् यस्तो गीत गाउँछु’ प्रदर्शनमा ल्याए । अर्जुन पोखरेलद्वारा संगीतवद्ध सिनेमा यो वर्षको पहिलो सुपरहिट बन्यो । सिनेमाको संगीत सुपरहिट नै रह्यो । ‘प्रेमगीत’सँगै जोडिएका ‘म यस्तो गीत गाउँछु’ र ‘प्रेमगीत २’ युट्युबमा प्रतिक्षित छन् । अब हेर्न बाँकी छ यी दुई सिनेमाले युट्युबमा कस्तो रेकर्ड राख्नेछन् ।