ट्रेलरमा महशुस गर्नुस ‘प्रेमगीत २’ (भिडियो)

ट्रेलरमा महशुस गर्नुस ‘प्रेमगीत २’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । रामशरण पाठक निर्देशित सिनेमा ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका विच सिनेमाको बारेमा भलाकुसारी गर्दै टिमले ट्रेलर सार्वजनिक गर्यो ।

द्वन्द, रोमान्स, प्रेम, र संगीतलाई प्रथामिकता दिएको ट्रेलरमा प्रेमका संवाद राखिएको छ । आशुसेन फिल्मसको व्यानरमा सन्तोष सेन निर्मित सिनेमाले ‘प्रेमगीत’को सांगीतिक पाटोलाई आत्मसात गर्न नसकेपनि प्रेसमिटमा तारिफ बटुल्यो ।

थाइल्याण्ड, म्यानमार र नेपालमा छायाँकन गरिएको सिनेमाको मेकिङ पक्षको पनि तारिफ गरियो । म्यानमारमा बस्ने नेपाली युवती ‘गीत’ र नेपाली युवक ‘प्रेम’को प्रेमकथा र देशप्रेमलाई सिनेमामा उतारिएको निर्देशक रामशरण पाठकले जानकारी गराए ।

साउन १३ गते रिलिज हुने सिनेमामा प्रदिप खड्का, अश्लेशा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्तबाबु आचार्य, श्रद्दा प्रशाईको अभिनय छ ।