‘प्रेमगीत २’ टाइटल गीत सार्वजनिक (भिडियो)

‘प्रेमगीत २’ टाइटल गीत सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | फिल्म ‘प्रेमगीत २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कहानी यो प्रेमगीतको’ बोलको गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रिको स्वर समावेश छ ।

रोमान्टिक जनराको गीतमा फिल्मका जोडी प्रदिप खड्का र अस्लेशा ठकुरी फिचरिङ छन् । थाइल्याण्डका रमणीय दृश्य कैद गरिएको भिडियोमा रेनशा राईले कोरियोग्राफी पस्किएकी छिन । गीतमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ | यसअघि कभर गीत प्रतियोगिताको लागि निर्माण युनिटले आव्हान गरिसकेको छ । अब इच्छुक व्यक्तिले ‘कहानी यो प्रेमगीत’को गाएर प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

एक पुरुष र एक महिला विजेता तोकिएको प्रतियोगिताका विजेताले नगत १/१ लाख हात पार्नेछन् ।

आशुसेन फिल्मसको व्यानरमा निर्मित फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । साउन १३ गते रिलिज हुने फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । फिल्ममा प्रदिप र अस्लेशासंगै कैलाश कटुवाल, कबिता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्तबाबु आचार्य र श्रद्दा प्रसाईंको अभिनय रहेको छ ।