‘प्रेमगीत २’को मोटरसाइकललाई ‘कार्टुन क्रिउ’को साथ (भिडियो)

‘प्रेमगीत २’को मोटरसाइकललाई ‘कार्टुन क्रिउ’को साथ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘प्रेमगीत २’को मोटरसाइकल’मा बोलको गीतमा डान्स ग्रुप ‘कार्टुन क्रिउ’ प्रस्तुत कभर भिडियो सार्वजनिक भएको छ ।

अहिलेको हिट डान्स ग्रुपलाई पछिल्लो समय केहि सिनेमाले प्रचारका लागि कभर भिडियोमा समावेश गर्दै आईरहेका छन् । राम्रो प्रचार थालेको ‘प्रेमगीत २’ले पनि उक्त प्रचारको शैली अपनाएको छ । गीतमा कार्टुन क्रिउको साथ सिनेमाकी मुख्य अभिनेत्री अश्लेशा ठकुरी पनि प्रस्तुत छन् ।

यो क्लब सङमा एलिस कार्कीको संगीत, राजकुमार श्रेष्ठ, बबिनबहादुर अधिकारीको शब्द र इन्दिरा जोशी/प्रताप दासको स्वर समावेश छ । रामशरण पाठक निर्देशित सिनेमा साउन १३ गते रिलिज हुदैछ ।

आशुसेन फिल्मसको व्यानरमा सन्तोष सेन निर्मित सिनेमामा प्रदिप खड्का, अश्लेशा ठकुरी, भुवन चन्द, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, सन्तोष सेन लगायतको अभिनय छ ।