प्रियंका र आयुष्मान विना योगेशले गरे ‘प्रेम दिवस’को शुभमुर्हत

प्रियंका र आयुष्मान विना योगेशले गरे ‘प्रेम दिवस’को शुभमुर्हत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं  – योगेश घिमिरेको निर्देशन र सञ्जय न्यौपानेमाको निर्माणमा तयार हुने सिनेमा हो प्रेम दिवस  । बुधबार राजधानीको मैतीदेवी मन्दिरमा घटस्थापनाको अवसर पारेर सिनेमाको स्कृप्ट र क्ल्याप पुजा गर्दै शुभमुर्हत गरिएको छ । सिनेमाको शुभमुर्हतमा निर्देशक योगेश घिमिरे निर्माता सञ्जय न्यौपाने, डेव्यु अभिनेता विशाल खरेल, पटकथा लेखक प्रदीप भारद्धाजको उपस्थीती रहेको थियो ।कार्तिक ८ गतेका दिन झापाबाट छायांकन सुरु गरिने सिनेमामा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकार को मुख्य भुमिका रहने छ । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली सिनेमामा डेव्यु गर्न लागेका हुन् ।

सिनेमामा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरी लामाको छायांकन रहनेछ । म्युजिकल लभस्टोरी सिनेमाको कथा प्रदिप भारद्धाजले लेखेका हुन् ।