पूजा को ‘म यस्तो गीत गाउँछु’मा रेकर्ड भए ७ गीत

पूजा को ‘म यस्तो गीत गाउँछु’मा रेकर्ड भए ७ गीत

द सिनेमा टाइम्स
0
Shares

‘म यस्तो गीत गाउँछु’ का लागि सात वटा गीतहरु रेकर्ड गरिएका छन् ।  निर्देशक सुदर्शन थापाका अनुसार सात मध्ये उत्कृष्ट छानेर तीन वटा मात्रै गीतहरु ‘म यस्तो गीत गाउँछु’ मा राखिनेछन् । किन गरियो त यस्तो ? निर्माता समेत रहेका निर्देशक थापा भन्छन्, ‘कुन गीत कस्तो छ भनेर रेकर्ड पछि नै थाहा हुन्छ  त्यसैले हामीले यस्तो गरेका हौं ।’ अर्जुन पोखरेलको संगीत रहेका सात वटै गीतहरु रेकर्ड भएर ‘म यस्तो गीत गाउँछु’ का लागि तीन वटा गीतहरु छनोट भैसकेका छन् । संगीतकार पोखरेल भन्छन्, ‘यस पटकको गीतहरुले पनि पक्कै पनि दर्शक तथा श्रोताको मन जित्नेछन् ।’

गीतहरुमा सुगम पोखरेल, अर्जुन पोखरेल, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ । थापको निर्देशन र पोखरेलको संगीत रहेको ‘प्रेम गीत’ को शिर्ष गीत सहित अन्य गीतहरु हिट भएका थिए । साँगीतिक प्रेम कथा भन्ने फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । संजय लामाको छायाँकन रहने फिल्मको आउने सातादेखि छायाँकन सुरु हुनेछ । यतिबेला निर्देशक थापा सहितको टोली लोकेशन हटिन्ङका लागि मोफसल निस्किएको छ ।निर्देशक थापाको मात्र लगानीमा बन्ने भनिएको यो चलचित्रमा अब नायिका पूजा शर्मा पनि निर्मात्रीको रुपमा अगाडि आएकी छन् । पूजा र सुदर्शनको संयुक्त लगानीमा चलचित्र बन्ने भएको हो ।संजय लामाको छायाँकन रहने फिल्मको आउने सातादेखि छायाँकन सुरु हुनेछ । यतिबेला निर्देशक थापा सहितको टोली लोकेशन हटिन्ङका लागि मोफसल निस्किएको छ