पशुपतिनाथ मन्दिर लाई साक्षी राख्दै सुरुभयो ‘‘प्रेम गीत २”

पशुपतिनाथ मन्दिर लाई साक्षी राख्दै सुरुभयो ‘‘प्रेम गीत २”

द सिनेमा टाइम्स
0
Shares

गत बर्ष राम्रो प्रसंसा पाएको  फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेम गीत-२’ को छायांकन सोमबारबाट सुरु भएको छ ।चाहबिल को  गणेश मन्दिरमा पूजाअर्चना गर्दै शुभसाइत  गरे लगतै पशुपतिनाथ मन्दिर परिसर बाट सुटिङ सुरु गरिएको हो  |
करिब दुई महिनाको छयांकन सेडुयल रहेको ‘प्रेम गीत २’को नेपाल र विदेशका बिभिन्न स्थानमा खिचीने छ । झन्डै डेढकरोड बिग बजेटमा खर्च गरिने भनिएको यो फिल्मलाई रामशरण पाठकले निर्देशन गर्दैछन् । प्रेमगीत ब्रान्डको फिल्म क्वालिटी युक्त बनाउने आफ्नो प्रयास संगै चुनौति पनि रहेको पाठकले बताए ।

फिल्ममा  अभिनेता प्रदीप खड्का लिडमा रोल मा छन् भने उनि संगै नया अभिनेत्री अश्लेष ठकुरी डेब्यु गर्दैछिन, उनीहरु संगै भुवन चन्द, श्रद्धा प्रसाइँ, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य र सौरभ क्षेत्रीको समेत अभिनय रहने छ।pream geet 2

आशुसेन फिल्म्सको यो तेश्रो प्रोजेक्ट हो यसअघि ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’ निर्माण भईसकको छ । फिल्मका निर्माता सन्तोष सेनले सिनेमालाई स्तरिय बनाउन मेकिङमा कुनै कसर बाकी नराख्ने बताए । उता अभिनेता खड्काले प्रेम र गीतको प्रेमकथा अब फेरि देख्न पाईने बताए ।

फिल्मको सुटिङ काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बहुल म्यानमारको रंगुन लगायतका थलोमा हुनेछ । फिल्ममा रिनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तम प्रधानको छायांकन रहनेछ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।