हिरोको जन्मदिनमा ‘प्रेमगीत २’ रिलिज डेट घोषणा

हिरोको जन्मदिनमा ‘प्रेमगीत २’ रिलिज डेट घोषणा

द सिनेमा टाइम्स
0
Shares

अब ‘प्रेमगीत २’ हेर्न रेडी हुनूस । यो म्युजिकल ड्रामा सिनेमाले प्रदर्शन मिति तय गरेको छ । साउन १३ गते सिनेमा रिलिज हुँदैछ ।आयोजित प्रेसमिटमा निर्माण कम्पनी आशुसेन फिल्मसले उक्त मितिलाई नेपाल रिलिज डेटको रुपमा तय गरेको हो । अभिनेता प्रदीप खड्काको जन्मदिन सेरेमोनीमा रिलिज डेट घोषणा गरियो ।कास्ट एन्ड क्रिउ, परिवार र साथीभाईलार्ई जन्मदिन केक चखाउँदै प्रदीपले फिल्मले दर्शकीय अपेक्षा मिट गर्ने बताए । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो जलवायु परिवर्तन अभिनयमा सक्रिय रहेको उदाहरण दिँदै उनले आफू बागमती सरसफाइ अभियानमा सहभागि हुने बताए ।उनले आमा, निर्माता सन्तोष सेन, अभिनेत्री अश्लेषा ठकुरी, नृत्य निर्देशक रिनशा राई लगायतलाई केक खुवाए । निर्माता सेनले प्रेमगीत २ ले नेपाली सिनेमालाई अन्तराष्ट्रिय उचाइमा लैजाने विश्वास व्यक्त गरे ।

निर्देशक रामशरण पाठकले नेपाल र म्यानमारलाई जोड्ने काम फिल्मले गर्ने बताए । चलचित्र पत्रकार संघका नवनिर्वाचित अध्यक्ष सन्दीप सापकोटाले निर्माता र पत्रकारबीच विद्यमान लभ–हेट रिलेसनसिप अब लभमा बदलिनुपर्ने खाँचो औंल्याए ।‘प्रेमगीत २’ ले नवनिर्वाचित चलचित्र पत्रकार संघको पदाधिकारीलाई सम्मान व्यक्त गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । निर्माता सेनले अध्यक्ष सापकोटालाई उक्त राशीको चेक हस्तान्तरण गरे ।